इतिहास र नाकाबन्दी सम्झौं, सूर्यमा भोट हालौंः अध्यक्ष ओली

काठमाडाैं | बैशाख २५, २०७९

इतिहास र नाकाबन्दी सम्झौं, सूर्यमा भोट हालौंः अध्यक्ष ओली

काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण देशवासीलाई नाकाबन्दी र इतिहासलाई एकपटक पुनः स्मरण गर्न अनुरोध गरेका छन् । 
 

देशवासीकालागि सार्वभौमत्ताजस्तो अमूल्य अरु नहुने भन्दै अध्यक्ष ओलीले देश र जनताको शिर उँचो पार्न निर्धक्क भई सूर्यमा मतदान गर्न अपील गरे ।  

 

एमालेको सरकारले गरेको विकास र सुधारको व्याख्या गर्दै अध्यक्ष ओलीले त्यसलाई कांग्रेसले उल्टो बाटो भनि कूप्रचार गरेका छन् । ‘हामीले जनताको हितमा र देशको विकासमा गरेको काम कांग्रेसलाई पचाउन गाह्रो भयो’ ओलीले भने ‘हजम नभएपछि उल्टो बाटो भनेर कूप्रचारमा उत्रियो ।’

 

हालसम्म कांग्रेसले २७ वर्ष शासन चलाएको भन्दै ओलीले यसबीचमा सांसदलाई विदेश लगि बन्धक बनाउने, अदालतको स्वतन्त्रता हनन गर्ने, संसद बिघटन गरी दरबारलाई बुझाउने, राष्ट्र बैंकका गर्भनर निलम्बन गर्ने, प्रहरी संष्ठनभित्र राजनीति गर्नेजस्ता आरोप लगाए । 

 

‘कांग्रेसको सरकार देश र जनविरोधी हो’ उनले भने ‘आफ्नो हितको लागि कांग्रेस जता, जे गर्न पनि तयार छ ।’ उनले नेपाली कांग्रेसको परराष्ट्र नीतिले देशको सार्वभौमसत्ता धरापमा परेको भन्दै एमालेको सरकार आवश्यक भएको समेत जिकिर गरे । 

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्

नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।   गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

थप पढ्नुहोस्

कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् ।   उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।   ...

थप पढ्नुहोस्